पाकिस्तानमा चिया र अलौची निर्यातको सम्भावना : अधिकारी

पाकिस्तानमा चिया र अलौची निर्यातको सम्भावना :  अधिकारी

 


पाकिस्तानमा ठूलो परिमाणमा चिया तथा अलैची निर्यातको अवसरलाई उपयोग गर्न वैकल्पिक आपूर्ती प्रणालीका उपायहरुबारे थप अध्ययन गरी निर्यात बढाउन सकिने विज्ञले सुझाव दिएका छन्।


पाकिस्तानका लागि नवनियुक्त नेपाली राजदुत तपस अधिकारीले नेपालबाट अलौची र चियाको निर्यात राम्रो सम्भावना रहेको बताएका छन्। कार्यभार सम्हाल्न जानु अघि नेपाल उद्योग परिसंघसँगको अन्तक्र्रियामा राजदुत अधिकारीले त्यूस्तो सुझाव दिएका हुन।


परिसंघले पाकिस्तान र टर्कीसँग आर्थिक साझेदारी तथा द्विपक्षिय व्यापार प्रवद्र्धनका लागि सहकार्य बढाउनु पर्नेमा सम्बन्धित देशमा कार्यभार सम्हाल्न जान लाग्नु भएका नेपाली राजदूतसँग आग्रह गरेको छ।
राजदूत अधिकारिसँगको अन्तक्र्रियामा परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवालले परिसंघले आर्थिक कुटनीतिलाई उच्च महत्व दिएको जनाउदै  देशको आर्थिक विकासका लागि लगानी तथा व्यापार प्रवद्र्धनका लागि आर्थिक कुटनीतिमा विभिन्न देशमा रहेका नेपाली दुतावासहरुसंग अनुरोध गरेको बताए।


पाकिस्तानसंग लगानी साझेदारी तथा व्यापार विस्तारका सम्भावना अत्यधिक हुदाँहुदै पनि आपूर्ती प्रणालीमा रहेका अवरोधले समस्या पारिरहेको अग्रवालले बताए।


छलफलमा राजदूत अधिकारीले नेपाल र पाकिस्तानबीच रहेको हार्दिकतापूर्ण सम्बन्धको उपयोग गरेर द्विपक्षिय व्यापार तथा लगानी विस्तारमा देखिएका अवरोध हटाउने कामलाई मुख्य प्राथमिकतामा राखेको बताए।
द्विपक्षीय आर्थिक तथा पर्यटन प्रर्वद्धनका संयन्त्रलाई पुनः सकृय बनाउने तर्फ पनि आफुले पहल गर्ने अधिकारीले जनाए । यसैगरि टर्कीलाई पनि प्रतिनिधित्व गर्ने भएकाले त्यसतर्फको निर्यात बढाउने तर्फ ध्यानदिनुपर्ने पनि राजदुतअधिकारीले आग्रह गरे।

 

कात्तिक २०, २०७७ बिहीबार १७:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।