नरवणेलाई नेपाली सेनाको गार्ड अफ अनर प्रदान
काठमाडौं : भारतीय सेनाध्यक्ष मनोज कुमार नरवणेले नेपाली सेनाबाट गार्ड अफ अनर पाएका छन्। नेपाली सेनाको मुख्यालयमा सेनाले नरवणेलाई बिहीबार गार्ड अफ अनर प्रदान गरेको हो।
सो क्रममा समकक्षी थापासँगको बैठकमा दुवै प्रतिनिधिमण्डलले सेनाबाट सेना सम्बन्ध तथा द्विपक्षीय रक्षा सहयोग र हितका बिषयमा छलफल भएको भारतीय राजदूतावासले जनाएको छ।
भारत सरकारको तर्फबाट नरवणेले नेपाली सेनाको दुई अस्पतालहरूको लागि आवश्यक चिकित्सा उपकरण प्रदान गरेका थिए।
उपकरणमा एक्स–रे मेशिन, रेडियोग्राफी प्रणाली, आईसीयू भेन्टिलेटर, भिडियो एन्डोस्कोपी इकाई, एनेस्थेसिया मेशिन, प्रयोगशाला उपकरण र एम्बुलेन्सहरू समावेश रहेका छन्।
त्यसअघि नरवणे सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा पुष्पगुच्छा अर्पण गरेका थिए।
उनलाई अपराहन्न राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा हुने विशेष कार्यक्रममा नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गर्ने कार्यक्रम छ।
रक्षा मन्त्रालयकोसमेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानसेनापति पूर्णचन्द्र थापासँग नरवणेले छुट्टाछुट्टै भेट गर्ने कार्यक्रम रहेको छ।
प्रधानसेनापती थापाको औपचारिक निमन्त्रणमा उनी बुधबार नेपाल आएका हुन्।
कात्तिक २०, २०७७ बिहीबार १४:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।