एकैदिन १११ जना फरार प्रतिवादीहरू पक्राउ
स्याङ्जा : स्याङ्जामा अदालतको फैसलाबाट कैद तथा जरिवाना असुल गर्न बाँकी रहेका विभिन्न मुद्दाका १ सय ११ जना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जा तथा मातहत इकाईबाट खटिएको प्रहरी टोलीले बिभिन समयमा फैसला भई लुकिछिपि बसेका ९७ जना पुरुष र १४ जना महिलालाई बुधबार पक्राउ गरेको हो।
कर्तव्य ज्यान, जबरजस्ती करणी, जबरजस्ती करणी उद्योग, हाडनाता करणी, हातहतियार खरखजना, लागूऔषध, मानव बेचविखन, सवारी ज्यान, बहु बिवाह, चेक अनादर, कुटपिट, लुटपिट लगायतका जघन्य मुद्दामा संलग्नलाई प्रहरीले पक्राउ गरेको हो।
समयदेखि फरार रहेका प्रतिवादीहरुलाई पक्राउ गरी जिल्ला अदालत स्याङ्जामाउपस्थित गराइएको प्रहरीले जनाएको छ।
कात्तिक २०, २०७७ बिहीबार १४:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।