सुख्खा पहिरोमा पुरिएर पाँच मजदुरको मृत्यु
काठमाडौं : कालीगण्डकी करिडोरको नवलपुर खण्डमा सुख्खा पहिरोमा पुरिएर पाँच जनाको मृत्यु भएको छ।
नवलपुरको बुलिङ्टार गाउँपालिकामा सुख्खा पहिरोमा पुरिएर बुधबार पाँच जनाको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय, नवलपुरका प्रमुख प्रकाश मल्लका अनुसार मृत्यु हुनेहरुमा बुलिङटार–४ का २० वर्षीय गोपाल गरञ्जा, चेतबहादुर अस्लामी मगर र ताराबहादुर लुंगेली, २८ वर्षीय तुलबहादुर सारु र ४२ वर्षीय सुनबहादुर पुलामी छन्।
उक्त सडकखण्डमा ग्याबिनमा ढुंगा भरिरहेको बेला साँझ माथिबाट खसेको पहिरोमा मजदुरहरु पुरिएको मल्लले जानकारी दिए। इलाका प्रहरी कार्यालय, बुलिङ्टारको टोली र स्थानीयले शव बाहिर निकालेको थियो।
पहिरोमा पुरिएर २१ वर्षीय कृष्ण लुंगेली र १९ वर्षीय केवल सिंह लुंगेली मगर घाइते भएका छन्। करिडोरमै कार्यरत अन्य मजदुरहरुले उनीहरुको उद्धार गरेका थिए।
घाइतेको चितवनको भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
कात्तिक १९, २०७७ बुधबार २३:११:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।