वीर अस्पतालको आकस्मिक विभागका १६ चिकित्सकको सामूहिक राजीनामा
काठमाडौं : आफ्ना मागहरु पुरा नभएको भन्दै वीर अस्पतालको इमर्जेन्सी विभागका १६ जना चिकित्सकहरूले सामूहिक राजीनामा दिएका छन्।
आकस्मिक सेवा विभागमा कार्यरत मेडिकल अधिकृतका विभिन्न समस्याहरूबारे पटकपटक माग पेस गरिँदा पनि सुनुवाई नभएको भन्दै राजीनामा दिने निर्णय गरेको राजीनामा पत्रमा उल्लेख गरिएको छ ।
‘हामीलाई ज्यालादारी भनेर दसैँ–तिहार भत्ता नदिने, एकदिनको तलब कट्टा गरेर दिएको, उपयुक्त स्रोत सामग्री उपलब्ध नगराइएको र धम्कीयुक्त आवाजमा विभिन्न ठाउँमा २४ सै घण्टा ड्युटी गराउने त्यो पनि हप्ताको ९६ घण्टा जस्ता विभिन्न हतोत्साहित कार्य गराइएको हुनाले हाम्रो मनोबल गिरावट भएको जानकारी गराउँछौँ’ राजीनामा पत्रमा भनिएको छ।
कात्तिक १९, २०७७ बुधबार १८:०२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।