उपचारका लागि मेडिसिटी अस्पताल र ईसिएचएचबीच सम्झौता
काठमाडौं : नेपालमा बसोबास गर्ने पूर्वभारतीय सैनिक तथा तिनका आश्रित परिवारहरुको उपचारका लागि नेपाल मेडिसिटी अस्पताल र इसिएचएच बीच सम्झौता भएको छ।
इसिएचएच भारत सरकारको रक्षा मन्त्रालय, कल्याणकारी विभाग अन्तर्गतको पूर्वसैनिकहरुको योगदानमा आधारित स्वास्थ्य उपचार कार्यक्रम हो।
नेपालको पहिलो र एकमात्र अन्तर्राष्ट्रिय मान्यता नेपाल मेडिसिटी अस्पतालका कर्पोरेट विकास प्रमुख पंकज बास्कोटा र नेपालस्थित भारतीय राजदुतावासका इसिएचएसका प्रमुख कर्णेल आभानिष चम्बाइलले समारोहकाबीच द्धिपक्षीय सम्झौतामा हस्ताक्षर गरेको अस्पताल प्रशासनले जनाएको छ।
अस्पतालका अनुसार नेपालमा बसोबास गर्ने पूर्वभारतीय सैनिक तथा तिनका आश्रित परिवारहरुले इसिएचएस कार्यक्रमअन्तर्गत नेपाल मेडिसिटी अस्पतालबाट स्वास्थ्योपचार सेवा प्राप्त गर्नेछन्।
नेपालस्थित् भारतीय राजदुतावासअन्तर्गत रहेको इसिएचएस क्लिनिकबाट थप विशिष्ट र अति विशिष्ट उपचारका लागि नेपाल मेडिसिटीमा सिफारिश भई आउने अस्पतालले जनाएको छ।
अस्पतालका मेडिकल सुपरीन्टेन्डेन्ट तथा हाडजोर्नी विशेषज्ञ डा. राज राणा तथा इसिएचएसका कर्णेल उदय विजय सगानीको उपस्थिति सम्झौता भएको हो।
कात्तिक १९, २०७७ बुधबार १७:३५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।