कोरोनाबाट थप ३० को मृत्यु

कोरोनाबाट थप ३० को मृत्यु

काठमाडौं  :  पछिल्लो २४ घण्टामा थप ३० जना कोरोना संक्रमितको मृत्यु भएको छ। 
 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ३० जना कोरोना संक्रमितको मृत्यु भएको हो।

मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३४ पुगेको छ। 
यस्तचै बितेको २४ घण्टामा थप ३ हजार ३०९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।  

देशभरका प्रयोगशालामा १३ हजार १४४ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

नयाँ संक्रमितमध्ये १८७८ जना काठमाडौं उपत्यकाका छन्। जसमध्ये काठमाडौंका १५७० जना, ललितपुरका १८९ जना र भक्तपुरका ११९ जना छन् ।

यससँगै संक्रमितको कुल संख्या १ लाख ८२ हजार ९२३ पुगेको छ।

हालसम्म संक्रमितमध्ये १ लाख ४४ हजार ९७८ जना निको भएका छन्।


 

कात्तिक १९, २०७७ बुधबार १६:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।