श्रीमानको हत्या अभियोगमा पक्राउ
सल्यान : आफ्नै श्रीमानलाई काठको पिर्का प्रहार गरी हत्या गरेको अभियोगमा सल्यान प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।
५३ वर्षीय राम बहादुर कामीको हत्या गरेको अभियोगमा कपुरकोट गाउँपालिका–५ पाङराङ बस्ने ३६ वर्षीया ईश्वरी कामीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो।
घरायसी विवादको कारण ईश्वरीले आफ्नै श्रीमानलाई पिर्का प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी कपुरकोट र जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
कात्तिक १९, २०७७ बुधबार १६:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।