साथीको हत्या गरेर फरार मानकाजी २३ वर्षपछि पक्राउ

साथीको हत्या गरेर फरार मानकाजी २३ वर्षपछि पक्राउ

ललितपुर : आफ्नै सहकर्मीको हत्या गरी फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। 

रामेछाप खाडदेवी गाउँपालिका–५ घर भई ललितपुर महानगरपालिका–५ थसिखेल महालक्ष्मीस्थान बस्ने ध्रुव भन्ने ४७ वर्षीय मानकाजी श्रेष्ठलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो।

२०५४ कात्तिक १६ गते काठमाडौं महानगरपालिका–८ जयबागेश्वरीस्थित निर्माणेश्वर मन्दिर नजिक काभ्रे पनौती घर भएका १८ वर्षीय श्याम खड्काको हत्यामा संलग्न रही फरार रहेका श्रेष्ठको नाममा काठमाडौं जिल्ला अदालत बबरमहलबाट २०७४ कात्तिक २८ गते वारेण्ट जारी भएको थियो ।

फरार रहेका श्रेष्ठलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो। 

उनलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको ब्यूरोले जनाएको छ।

कात्तिक १९, २०७७ बुधबार १६:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।