सहसचिव र उपसचिवको दरखास्त स्थगित

सहसचिव र उपसचिवको दरखास्त स्थगित
तस्बिर : लोक सेवा आयोगको वेबसाइट।

काठमाडौं : सर्वोच्च अदालतको आदेशपछि लोक सेवा आयोगले सहसचिव र उपसचिव तहको परीक्षाको दरखास्त स्थगित गरेको छ। 

आयोगले बुधबार सूचना निकालेर सहसचिव (राजपत्रांकित प्रथम श्रेणी), उपसचिव (राजपत्रांकित द्धितिय श्रेणी) तथा स्वास्थ्य सेवाका एघारौं र नवौं तहका बढुवा सूचना एवं आन्तरिक प्रतियोगिता तथा खुला सम्पूर्ण विज्ञापनहरूमा दरखास्त स्थगन गरिएको जनाएको हो।

सर्वोच्च अदालतले कात्तिक १८ गते आयोगको नाममा जारी भएका विभिन्न तीन अल्पकालिन आदेश जारी गरेको थियो। यससँगै आयोगले बुधबार आदेश कार्यान्वयन गर्ने निर्णय गर्दै दरखास्त स्थगित गरेको जनाएको छ। 

आयोगले असोज २५ मा प्रकाशित खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाका विज्ञापनहरू अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगन गरिएको सूचनामा उल्लेख छ।

कात्तिक १९, २०७७ बुधबार १५:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।