‘निःशुल्क खाना पार्टी प्यालेसमा खुवाउनु, महानगर भाडा तिर्छ’ 

‘निःशुल्क खाना पार्टी प्यालेसमा खुवाउनु, महानगर भाडा तिर्छ’ 

काठमाडौं  : काठमाडौं महानगरपालिकाले महानगर क्षेत्र भित्रका विभिन्न सार्वजनिक स्थलहरूमा चलिरहेको निःशुल्क खाना खुवाउने कार्यलाई व्यवस्थित गर्ने जनाएको छ। 
 

बुधबार पत्रकार सम्मेलन गर्दै महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले विभिन्न स्थानमा चलिरहेको निःशुल्क खाना खुवाउने कार्यलाई छिट्टै व्यवस्थित गरिने बताए।

‘पार्टी प्यालेसलगयतका ठाउँमा खाना खुवाउने व्यवस्था गर्नुहोला। महानगरपालिका पार्टी प्यालेसको भाडा व्यहोर्न तयार छ’ शाक्यले भने,‘खुलामञ्चमै खाना खुवाउन पाउनुपर्छ भनेर कसैले पाखुरा सुर्किनु पर्ने आवश्यक छैन।’ 

उनले जिम्मेवारपूर्वक ढंगले व्यवस्थापन गर्न महानगर तयार रहेको भन्दै सम्वन्धित नियकायसँग समन्वय भैरहेको बताए।
‘भोकै कोही पर्दैन, भोकले कोही मर्दैन’ भन्ने काठमाडौं महानगरपालिकाको नीति नै हो। अरुको आसय पनि यही हो’ शाक्यले भने,‘समस्यामा परेका श्रमिक, गरिव र असहायलाई दुई छाक खाने व्यवस्था सजिलै गर्न सकिन्छ।’ 

महानगरपालिका क्षेत्रभित्र बसोबास गरिरहेका काम गर्न सक्ने तथा कोभिडका कारण बेरोजगार भएकाहरुलाई उनीहरुको सामथ्र्य र सीपको आधारमा रोजगारी दिई जीवन निर्वाहका लागि पारिश्रमिक दिने कार्यको थालनी उनले बताए।

काठमाडौंलाई भोका नांगाहरुको शहर नभएर गरिखानेहरूको शहरका रुपमा चिनाउनुपर्ने शाक्यले बताए। 
‘कोरोना कहरका बेला सार्वजनिक स्थान र सडकमा स्वास्थ्य मापदण्डको सामान्य पनि ख्याल नगरी जथाभावी लाइन लगाएर खाना खुवाउँदा स्वास्थ्य जोखिमसमेत बढेको उनले बताए।

कोरोनाका कारणले मसस्यामा परेकाहरुलाई विभिन्न व्यक्ति तथा संघ सस्थाहरुले लामो समयदेखि खुल्लामंचमा निःशुल्क खाना खुवाउने काम भैरहेको छ। पछिल्लो सयम महानगरले फोहोरमैला बढेको भन्दै निःशुल्क खाना खुवाउने कार्यमा रोक लगाउन खोजेको छ। जुन कार्यको चौतफी विरोध भएपछि मेयरले पत्रकार सम्मेललन गरेका हुन्। 
 

कात्तिक १९, २०७७ बुधबार १३:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।