पूर्वसभामुख महरा पत्नी सीताको निधन

पूर्वसभामुख महरा पत्नी सीताको निधन

काठमाडौं : पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीताको उपचारका क्रममा निधन भएको छ। 

निमोनिया र कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएपछि काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत उनको आज बिहान निधन भएको हो। 

उनलाई १५ दिनदेखि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई केही दिनअघि दाङबाट हेलिकप्टरमा राखेर काठमाडौं ल्याइएको थियो।

उनी १० वर्षदेखि माइस्थेनियाबाट पीडित थिइन्।

कात्तिक १९, २०७७ बुधबार ०८:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।