हुण्डी कारोबारको अभियोगमा ३ जना पक्राउ
काठमाडौं : हुण्डी कारोबार गरेको अभियोगमा काठमाडौं महानगरपालिका-२३, ओमबहालस्थित होटल गोल्डेन लिफबाट ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–११ ताहाचल बस्ने झापा, दमक नगरपालिका–११ घर भएका ३१ वर्षीय विकास मितल, काठमाडौं महानगरपालिका ३१ बस्ने झापा घर भएका २७ वर्षीय कमल मितल र काठमाडौं महानगरपालिका–२२ बस्ने पर्वत, कुश्मा नगरपालिका–१ घर भएका ३२ वर्षीय गणेश पौडेल छन्।
उक्त होटलमा अवैधरूपमा हुण्डी कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरीले उनीहरूलाई गैरकानुनीरूपमा कारोबार गरिरहेको अवस्थामा ९९ लाख ८४ हजार रूपैयाँ र ९ सय अमेरिकी डलरसहित पक्राउ गरेको हो।
उनीहरूलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान विभाग, हरिहरभवन ललितपुर पठाइएको ब्युरोले जनाएको छ ।
कात्तिक १८, २०७७ मंगलबार १८:३९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।