सांसद विश्वकर्माको होस खुल्यो

सांसद विश्वकर्माको होस खुल्यो

काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एंव सांसद मिन विश्वकर्माको होस खुलेको छ। 
साथै उनको कोरोना पक्षीणको रिपोर्ट पनि नेगेटिभ आएको छ। 

नेता विश्वकर्माले इशाराले चिकित्सकहरुसंग कुरा गर्न थालेको उनका परिवारका सदस्यले बताएका छन्।

५३ वर्षीय नेता विश्वकर्मालाई कात्तिक १ गते कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएको ८ दिन सम्म उनी होम आइसोलेसन बसेका थिए।

होम आइसोलेसन बसेका विश्वकर्मालाई सास फेर्न गाह्रो भएपछि कात्तिक ९ गते उपचारका लागि वीर अस्पताल लगिएको थियो।

वीर अस्पतालमा तीन दिन सम्म उपचारगर्दा पनि स्वास्थ्यमा सुधार नदेखिएपछि थप उपचारका लागि कात्तिक १२ गते उनलाई ग्राण्डी अस्पताल लगिएको  थियो।

कात्तिक १८, २०७७ मंगलबार १७:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।