भिटेनलाई पक्राउ नगर्न अदालतको आदेश 

भिटेनलाई पक्राउ नगर्न अदालतको आदेश 

काठमाडौं : उच्च अदालत पाटनले र्यापर समिर घिसिङलाई (भिटेन) लाई पक्राउ नगर्न आदेश दिएको छ। 
 

अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासले भिटेनलाई धरपकड नगर्न प्रहरी प्रधान कार्यालय र साइबर ब्युरोको नाममा अन्तरिम आदेश जारी गरेको हो।

अदालतका उप–रजिस्टार शम्भु रेग्मीले गीत, संगीतको विषयमा उनलाई पक्राउ गर्नुपर्ने कारण नदेखिएको अदालतले भनेको जानकारी दिए।

घिसिङले प्रहरी प्रधान कार्यालय, नक्साल र साइबर ब्युरोलाई विपक्षी बनाएर उच्च अदालत, पाटनमा कात्तिक १६ गते निषेधाज्ञा सम्बन्धी रिट निवेदन दर्ता गराएका थिए।

भिटेनले ‘पारा’ नामको गीतमा अपाच्य शव्द प्रयोग गरेको भन्दै प्रहरी प्रधान कार्यालयले साइवर व्यूरोलाई आवश्यक कारवाही गर्न निर्देशन दिएको थियो।

कात्तिक १८, २०७७ मंगलबार १७:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।