उपत्यकाको मौसममा बदली
काठमाडौं : मंगलबार उपत्यका लगायतका पहाडी क्षेत्रको मौसममा एक्कासी बदली देखिएको छ।
मौसम बदलीका कारण मंगलबार राजधानी काठमाडौं लगायतका पहाडी भू–भागमा हल्का बर्षा भएको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायूको सानो प्रभाव बाँकी रहेकाले मौसममा बदलाव देखिएको हो।
महाशाखाका मौसमविद् समिर श्रेष्ठका अनुसार मौसम बदलिका कारण उपत्यकामा लगायत पहाडी भू–भागमा छिटफुट बर्षा भएको छ।
‘यसको प्रभाव लामो समयसम्म रहँदैन। पश्चिमी वायूको सानो प्रभाव बाँकी रहेकाले बदलाव देखिएको हो। यसले ठूलो वर्षाको सम्भावना रहँदैन’ उनले भने।
पछिल्ल्लो समय नियमित रुपमा हुने मौसम परिवर्तनका क्रममा तापक्रम घटेर जाडोको मात्रा बढ्ने क्रममा रहेको महाशाखाले जनाएको छ। महाशाखाको पछिल्लो पूर्वानुमान अनुसार देशका पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।
कात्तिक १८, २०७७ मंगलबार १३:३७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।