कोरोना संक्रमणबाट जनता समाजवादी पार्टीका नेता लिम्बुको मृत्यु
काठमाडौं : कोरोना संक्रमणका कारण जनता समाजवादी पार्टीका नेता गजेन्द्रबहादुर लिम्बुको मृत्यु भएको छ।
लिम्बुको उपचारका क्रममा मंगलबार बिहान विराटनगरमा मृत्यु भएको हो।
असोज २७ गते कोरोना संक्रमण पुष्टि भएपछि उनलाई कात्तिक १२ गते न्यूरो अस्पताल विराटनगरमा भर्ना गरिएको थियो।
निमोनियाको समस्या देखिएका उनको मंगलबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ।
भूतपूर्व ब्रिटिस गोर्खा सैनिक संघका पूर्व अध्यक्ष रहेका लिम्बु जनता समाजवादी पार्टीको लिम्बुवान राष्ट्रिय समितिको उपाध्यक्ष हुन्। उनी धरान उपमहानगरपालिकाको उपनिर्वाचनमा मेयरको उम्मेदवार बनेका थिए।
उनी पूर्व गोर्खा सैनिकको अधिकारको क्षेत्रमा लामो समययता लड्दै आएका थिए।
कात्तिक १८, २०७७ मंगलबार १३:१७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।