ट्राफिक नियम मिच्ने ७७९ सवारी कारबाहीमा
काठमाडौं : ट्राफिक नियम उल्लंघन गर्ने ७ सय ७९ सवारी साधन कारबाहीमा परेका छन्।
महानगरीय ट्राफिक महाशाखाले उपत्यकामा सोमबार नियम उल्लंघन गर्ने ७ सय ७९ सवारी साधनलाई कारबाही गरेको हो।
कारबाहीमा पर्नेमा यात्रुले देख्ने गरी सार्वजनिक सवारीसाधनमा भाडा सूची नटाँस्ने १ सय ५३, नम्बर प्लेट स्पष्ट नराख्ने १ सय ८९, सडक तथा फुटपाथमा पार्किङ गर्ने ७७, मदिरा पिएर सवारीसाधन चलाउने ११ जनामाथि कारबाही गरिएको महाशाखाले जनाएको छ।
यस्तै जोर–बिजोरको उल्लंघन गर्ने ८ सय १५ सवारीसाधनलाई नियन्त्रणमा लिएको महाशाखाले जनाएको छ।
जसमा ६ सय ४८ वटा दुईपाङ्ग्रे र १ सय ६७ वटा चारपाङ्ग्रे सवारीसाधन छन्।
गएको चौबीस घण्टामा विभिन्न नाका प्रयोग गरी पाँच हजार ६ सय २२ वटा सवारीसाधनमा २९ हजार ३ सय ९१ जना यात्रु उपत्यका भित्रिएका छन्।
५ हजार १ सय ९० वटा सवारीसाधनमा २५ हजार ७ सय २१ जना यात्रु उपत्यकाबाट बाहिरिएको महाशाखाले जनाएको छ।
कात्तिक १८, २०७७ मंगलबार १२:१०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।