निःशुल्क परीक्षण गर्ने आदेशविरुद्ध स्वास्थ्य मन्त्रालयले दियो पुनरावलोकन निवेदन

निःशुल्क परीक्षण गर्ने आदेशविरुद्ध स्वास्थ्य मन्त्रालयले दियो पुनरावलोकन निवेदन

काठमाडौं : कोरोना संक्रमणको निःशुल्क परीक्षण गर्नु भनी दिएको आदेश पुनरावलोकन गर्न माग गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सर्वोच्च अदालतमा पुनरावलोकनको निवेदन दिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले महान्यायाधिवक्ताको कार्यालयमार्फत कोरोना परीक्षण निःशुल्क गर्नुपर्ने सर्वोच्चको आदेशविरुद्ध पुनरावलोकन निवेदन दिएका हुन्।

कोरोना भाइरस संक्रमण परीक्षणको शुल्क लिनु संविधान र कानुनसम्मत रहेको जिकिर गर्दै मन्त्रालयले उक्त आदेश बदर गर्न माग गरेको छ। निशुल्क परीक्षण गर्न राज्यको स्रोत साधन र जनशक्तिले नभ्याउने भन्दै शुल्क लिनुपरेको जिकिर मन्त्रालयले गरेको छ।

निजी र सरकारी सबै प्रयोगशालामा कोरोना भाइरस संक्रमण परीक्षण निशुल्क गर्न माग गर्दै अधिवक्ता लोकेन्द्र ओली र केशरबहादुर केसीले दायर गरेको रिटमा सर्वोच्च अदालतले परमादेशको आदेश जारी गरेको थियो।

 

 

कात्तिक १७, २०७७ सोमबार १७:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।