पाँच जना कछुवा कारोबारी पक्राउ

पाँच जना कछुवा कारोबारी पक्राउ

काठमाडौं : संरक्षित बन्यजन्तु कछुवाको अवैध ओसारपसार तथा बिक्रीवितरणमा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।
 

महानगरीय अपराध महाशाखाको टोलीले भक्तपुरको सुर्यबिनायकबाट जिउदो कछुवासहित पाँच जनालाई पक्राउ गरेको हो। 

पक्राउ पर्नेहरुमा रामेछाप हिमगंगा नगरपालिका–४ का २९ वर्षीय नैन बहादुर आलेमगर, गोर्खा बारपाक सुलिकोट गाउँपालिका–६ का २४ वर्षीय सुजन उपरकोटी, रामेछाप दोरम्बा गाउँपालिका–६ का ३३ वर्षीय छेवाङ् लामा, सोही ठाउँका २७ वर्षीय राजकुमार घिसिङ् र २९ वर्षीय दावा लामा रहेका छन्।

उनीहरुलाई थप अनुसन्धानको लागि जिल्ला बन कार्यालय भक्तपुर पठाइएको महाशाखाले जनाएको छ। 
 

कात्तिक १७, २०७७ सोमबार १६:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।