पार्टी विभाजन गर्न खोज्नेविरुद्ध खबरदारी गरौं : ईश्वर पोखरेल

पार्टी विभाजन गर्न खोज्नेविरुद्ध खबरदारी गरौं : ईश्वर पोखरेल

काठमाडौं : उपप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य ईश्वर पोखरेलले पार्टी एकताका बेलामा गरिएको सहमति उलंघन हुदा पार्टी विभाजन तर्फ अघि बढेको बताएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाललाई पार्टी अलग गरेर अघि बढ्न प्रस्ताव गरेको सार्वजनिक भएपछि सोमबार ट्वीट गर्दै पोखरेलले एमाले र माओवादी केन्द्रबीच एकताको बेलामा गरिएका सहमति विपरित पूर्व समूहभित्रको आवद्धताका आधारमा समिकरण बनाएर खेल खेल्नखोज्दा विभाजनको दुर्भाग्य निम्तिन लागेको बताएका हुन्।

पार्टी विभाजन गर्न खोज्नेहरुलाई बेलैमा चिनेर खवरदारी गर्न आह्वान गर्दै पोखरेलले व्यक्तिगत स्वार्थका लागि पार्टी फुटाउन खोज्नेहरुको विरोध गर्नुपर्ने बताएका छन्। दाहालले प्रधानमन्त्री पद मागेपछि ओलीले संगै बस्न नसक्ने भनेको कुरा बाहिर आएको छ।

यस्तो छ ट्वीट

एकताकावेला गरिएको सहमती विपरित पूर्व समूहभित्रको आवद्धताका आधारमा समिकरण बनाएर खेल खेल्नखोज्दा विभाजनको दुर्भाग्य निम्तिन लागेको हो।त्यस्तो दुर्भाग्य निम्त्याउनेहरूलाई सबैले बेलैमै चिनौं,खवरदारी गरौं ! व्यक्तिगत स्वार्थका कारण यसो गर्नेहरूको विरोध गर्दै पार्टी एकतालाई बचाऔं !!

कात्तिक १७, २०७७ सोमबार १५:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।