विप्लव समूहकी ललितपुर जिल्ला सेक्रेटरी पक्राउ
ललितपुर : प्रतिबन्धित नेकपा विप्लव समूहकी ललितपुर जिल्ला सेक्रेटरी सबिता अधिकारी (रेग्मी) उर्फ विदुषी पक्राउ परेकी छन्।
हातहतियार, खरखजाना र विष्फोटक पदार्थसम्बन्धी कसुरमा फरार प्रतिवादी उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ।
परिसरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) सन्तोष तामाङका अनुसार जाजरकोट, छेडागाड नगरपालिका–९ घर भएकी अधिकारीलाई शनिवार साँझ ललितपुर–१२ मंगलबजारबाट पक्राउ गरिएको हो।
उनलाई भिमसेन मन्दिर नजिकै कोण सभा गरिरहेको अवस्थामा विप्लव समूहसँग सम्बन्धित दस्तावेजसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। अधिकारीलाई ललितपुर जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान भइरहेको परिसरले जनाएको छ।
कात्तिक १७, २०७७ सोमबार ११:३४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।