उपाध्यक्ष आफैले खोलिन ताला
अछाम : अछामको रामारोशन गाउँपालिकामा लगाइएको ताला उपाध्यक्ष आफैले खोलेकी छिन्।
आफ्नै पार्टी नेपाल कम्युष्टि पार्टी (नेकपा) बाट निर्वाचित गाउपालिका अध्यक्षको कामकारवाहीविरुद्ध लगाएको ताला उपाध्यक्ष सरस्वती रावलले आइतबार आफै खोलेकी हुन्।
अध्यक्ष झंकर साउँदको कामकारवाही बारे पार्टीले छानविन समिति गठन गर्ने प्रतिवद्धता जनाएपछि ताला खोलेको रावलले विज्ञप्तिमार्फत जानकारी दिइन्।
अध्यक्षले उपाध्यक्षको अधिकार पनि खोसेको र मनोमानी ढंगले काम गरेको आरोप लगाउँदै रावलले कार्तिक १२ गते गाउँपालिकामा तालाबन्दी गरेकी थिइन्।
कात्तिक १६, २०७७ आइतबार १७:४२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।