२४ घण्टामा २३ कोरोना संक्रमितको मृत्यु, २८२४ थपिए

२४ घण्टामा २३ कोरोना संक्रमितको मृत्यु, २८२४ थपिए

काठमाडौं : नेपालमा कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा २३ जनाको मृत्यु भएको छ। 
 

यस अवधिमा दुई हजार आठ सय २४ जना नयाँ कोरोना संक्रमित भेटिएका छन्।

यस अवधिमा कुल १३ हजार २३ परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

नयाँ थपिएका संक्रमित मध्ये उपत्यकामा मात्रै एक हजार ६ सय २२ जना छन्। 

यस्तै ३ हजार ६ सय २० डिस्चार्ज भएको प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले जानकारी दिए। 

मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुने दर ७७.७ प्रतिशत रहेको छ। 

गौतमका अनुसार आज सम्म आइसीयूमा उपचाररत संख्या २ सय ८३ छ भने भेन्टिलेटरमा उपचाररत ७८ जना छन्। 
यस्तै नेपालमा सक्रिय संक्रमितको संख्या ३७ हजार सात सय ६५ रहेको छ। होम आइशोलेशनमा ३१ हजार तीनसय ९४ जना छन्। 

होम आइशोलेशनमा बसेको संक्रमितहरुलाई पालिकाले सरसल्लाह दिने अनुगमन तथा रिफर गर्ने भएकाले ७५३ वटै पालिकाले यस्तो काम तदारुपताका साथ गर्नुपर्ने मन्त्रालयले निर्देशन दिएको छ। 

यस्तै सरकारी अस्पतालले धरौटी नलिई कोभिड–१९ संक्रमितको उपचार गर्न निर्देशन दिएको मन्त्रालयले जानकारी गराएको छ। 

धरौटी सम्बन्धि सुचना निकाल्ने अस्पताललाई स्पस्टीकरणसमेत सोधिएको गौतमले जानकारी दिए।  
 

कात्तिक १६, २०७७ आइतबार १७:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।