सांसद मीन विश्वकर्मालाई उपचारका लागि विदेश लैजान कांग्रेसको आग्रह
काठमाडौं : नेपाली कांग्रेसले सांसद मीन विश्वकर्मालाई थप उपचारका लागि दिल्ली लैजान सरकारलाई आग्रह गरेको छ।
कांग्रेस नेता एवं संगठन विभागका संयोजक गोपालमान श्रेष्ठले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई टेलिफोन गरेर विश्वकर्मालाई थप उपचारका लागि दिल्ली लैजान आग्रह गरेका हुन्।
कोरोना संक्रमित विश्वकर्माको ग्राण्डी अस्पतालमा गम्भीर अवस्थामा उपचार भैरहेको छ।
‘उहाँलाई शनिबारदेखि भेन्टिलेटरमा राखेर उपचार गराइराखिएको छ। स्वास्थ्यमन्त्रीलाई फोन गरेर दिल्ली लैजान आग्रह गरेका छौं’, श्रेष्ठले भने, ‘डाक्टरहरुले एयर एम्बुलेन्समार्फत नयाँ दिल्ली लैजान सके उहाँको स्वास्थ्यमा सुधार हुन्छ भनेका छन्।’
उनलाई कात्तिक १ गते कोरोना देखिएको थियो। होम आइसोलेसनमा बसिरहेका विश्वकर्मा निमोनिया भएपछि ग्राण्डी अस्पताल भर्ना भएका थिए।
कात्तिक १६, २०७७ आइतबार १४:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।