बर्दियामा बाघको आक्रमणबाट डेढ सातामा चारको ज्यान गयो

बर्दियामा बाघको आक्रमणबाट डेढ सातामा  चारको ज्यान गयो
सांकेतिक तस्बिर।

काठमाडौं : बर्दियामा डेढ सातामा नरभक्षी बाघको आक्रमणमा परि चार जनाले ज्यान गुमाएका छन्।

पछिल्लो पटक शनिबार बर्दियाको गेरुवा गाउँपालिका–४, राजीपुरमा बाघको आक्रमणबाट थप एक किसानले ज्यान गुमाएका छन्।

शनिबार साँझ करिब ६ बजे बाघले आक्रमण गर्दा स्थानीय ६८ वर्षीय लहानु थारुको ज्यान गएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) योगेन्द्र खड्काका अनुसार चर्न गएमा मध्ये एउटा गाई नफर्केपछि झाडीमा खोज्न जाँदा थारु र गाईलाई बाघले आक्रमण गरेको थियो।

नरभक्षी बाघको आक्रमण परि कार्तिक महिनाको ९ दिन यता थारुसमेत चार जनाको ज्यान गुमाईसकेका छन्।

यसअघि बाघको आक्रमणमा परी मधुवन नगरपालिका कात्तिक ५ गते एक महिला र कात्तिक ११ गते दुई पुरुषको ज्यान गएको थियो ।

कात्तिक १५, २०७७ शनिबार २२:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।