प्रहरी-कारवाहीको निर्देशनपछि भिटेनले मागे माफी

प्रहरी-कारवाहीको निर्देशनपछि भिटेनले मागे माफी

काठमाडौं : गीतमा आपत्तिजनक शब्द प्रयोग गरेको भन्दै प्रहरी प्रधान कार्यालयले कारवाही गर्न निर्देशन दिएको दुई दिनपछि र्यापर समीर घिसिङ ‘भिटेन’ले माफी मागेका छन्। 

भिटेनले ‘पारा’ बोलको आफ्नो नयाँ गीतमा प्रयोग गरिएका शब्दलाई लिएर भिटेनले माफी मागेका हुन्। गीतमा प्रयोग गरिएका शब्दबारे आलोचना भएपछि भिटेनले शनिबार एक विज्ञप्ति जारी गर्दै म्युजिक भिडियोमा प्रयोग भएका केही शब्दहरूले पर्न गएको असुविधा तथा चोटप्रति क्षमायाचना गरेको उल्लेख गरेका छन्।

प्रहरी प्रधान कार्यालयले भिटेनलाई कारवाही गर्न बिहीबार साइबर ब्युरोलाई निर्देशन दिएको थियो। 

भिटेनले कात्तिक ८ मा आफ्नो अफिसियल युट्युब च्यालनमा उक्त गीत सार्वजनिक गरेका थिए।

उनले म्युजिक भिडियोमा आपत्तिजनक ठानिएका शब्दहरू हटाएर संशोधित भिडियो पुनः अपलोड गर्नेसमेत उल्लेख गरेका छन्। 

गीत विवादमा परेपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो। त्यसपछि उनेले कात्तिक १३ गते म्युजिक भिडियो युट्युबबाट हटाएका थिए। भिटेनलाई गत वर्ष पनि प्रहरीले पक्राउ गरेको थियो।

कात्तिक १५, २०७७ शनिबार २१:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।