उपत्यकाका ट्राफिक कार्यालयमा रोपियो गुर्जो

उपत्यकाका ट्राफिक कार्यालयमा रोपियो गुर्जो

काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका सबै ट्राफिक प्रहरी कार्यालयहरूमा गुर्जो रोपेको छ।

हाशाखाका अनुसार कोटेश्वरस्थित तीनकुनेको खाली जग्गामा १५ सय र उपत्यकास्थित ४४ ट्राफिक कार्यालयमा ५ वटाका दरले गुर्जोको बिरूवा रोपिएको हो। 

शनिबार एक कार्यक्रमबीच महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीमप्रसाद ढकाल, प्रहरी उपरीक्षक (एसपी) रामेश्वर प्रसाद यादव, प्रहरी अधिकृत तथा जवानहरुको सहभागितामा गुर्जो रोपन गरिएको हो। 

महाशाखाका अनुसार आन्तरिक राजश्व कार्यालय, लहानका कार्यालय प्रमुख तथा अभियानकर्मी कमलबहादुर राजलवट र राष्ट्रिय योजना आयोगका सहसचिव किशोर जोशीले ट्राफिक महाशाखालाई गुर्जोको बिरुवा उपलब्ध गराएका थिए। 

गुर्जो रोग प्रतिरोधात्मक क्षमता बढाउने जडीबुटीको रुपमा परिचित छ।

कात्तिक १५, २०७७ शनिबार २०:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।