करेन्ट लागेर विद्युतका कर्मचारीको मृत्यु

करेन्ट लागेर विद्युतका कर्मचारीको मृत्यु
सांकेतिक तस्बिर।

काठमाडौं : महोत्तरीमा करेन्ट लागेर विद्युत प्राधिकरणका कर्मचारीको ज्यान गएको छ। 

विद्युत लाइन मर्मत गर्न पोलमा चढेका बर्दिवासका एक जना कर्मचारीको करेन्ट लागेर मृत्यु भएको हो।

गौशाला वितरण केन्द्र अन्तर्गत बर्दिवास फ्यूज शाखामा कार्यरत ज्यालादारी कर्मचारी रौतहट पौराह नगरपालिका बसन्पट्टी घर भएका ४५ वर्षीय गौरी पण्डितको मृत्यु भएको हो।

बर्दिबास नगरपालिका-१ मा रहेको एक घरको विद्युत लाइन मर्मत गर्न पोलमा चढेका पण्डितलाई शनिबार बिहान करेन्ट लागेको थियो। करेन्ट लागेर घाइते भएका उनलाई उपचारका लागि बर्दिवास जनसेवा अस्पताल लगिएको थियो।

थप उपचारका लागि लगिएको जनकपुरको जानकी केयर हस्पिटलमा उनको मृत्यु भएको केन्द्रले जनाएको छ।

कात्तिक १५, २०७७ शनिबार १४:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।