जुवाखालबाट साढे दुई लाखभन्दा बढी नगद बरामद, २९ पक्राउ
काठमाडौं : कैलालीमा जुवाखालबाट साढे दुई लाखभन्दा बढी रूपैयाँसहित २९ जुवाडे पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार जोशीपुर गाउँपालिका-१, स्याउले बजारस्थित ३५ वर्षीय यज्ञबहादुर बिष्टको घरबाट दुई लाख ५१ हजार ४०० रूपैयाँ र आठ बुक तास बरामद गरिएको छ। उक्त स्थानमा जुवा खेलिरहेको अवस्थामा २९ जना पक्राउ परेको प्रहरीले जनाएको छ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, दिपायल र यस कार्यालयको मातहतबाट खटिएको प्रहरी टोलीले आज बिहान २ बजे उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
कात्तिक १५, २०७७ शनिबार १०:०४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।