छुरा रोपेर युवकको हत्या
काठमाडौं : काठमाडौंको टोखा नगरपालिकाको धापासी देवी मन्दिरमा एक युवकको छुरा रोपेर हत्या गरिएको छ।
महानगरीय प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्रसिंह राठौरले पेन्टिङको काम गरिरहेका २५ वर्षीय आशिष मगरको छुरा प्रहारबाट हत्या भएको जानकारी दिए।
उनका अनुसार हत्या आरोपमा दिवस अधिकारी र रवि थापामगरलाई पक्राउ गरिएको छ। घटनामा संलग्न अन्य दुईजना फरार रहेको समेत उनले बताए। पक्राउ परेका दुवै जना नसाले लठ्ठ परेकाले बोल्नै नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ।
घटना शुक्रबार बिहानको हो। मन्दिर परिसरमा झडप हुँदा आशिषलाई छुरा रोपेर हत्या गरेको खुलेको प्रहरीले जनाएको छ। हत्याको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ।
कात्तिक १४, २०७७ शुक्रबार १८:१२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।