म्याग्दीमा जिप दुर्घटना : एकको मृत्यु, १० घाइते

म्याग्दीमा जिप दुर्घटना : एकको मृत्यु, १० घाइते

काठमाडौं : म्याग्दीमा जिप दुर्घटना हुँदा बालिकाको ज्यान गएको छ। दुर्घटनामा परि १० जना घाइते भएका छन्। 

रघुगंगा गाउँपालिका–६, ढाडाखानीबाट सदरमुकाम बेनी जाँदै गरेको ग१ज ८९६ नम्बरको जिप बेनी–गलेश्वर सडकखण्डमा पर्ने बेनी नगरपालिका–८, जलेश्वरमा दुर्घटनामा परेको हो। 

प्रहरीका अनुसार अन्नपूर्ण गाउँपालिका–२, भुरुङकी अन्दाजी १० वर्षीया रिया बिकको उपचारका क्रममा बेनी अस्पतालमा मृत्यु भएको हो। जिप कालीगण्डकी नदी किनारमा खसेको छ। 

दुर्घटनामा घाइते हुनेहरूमा रघुगंगा गाउँपालिका–६, ठाडाखानीका वसन्त छन्त्याल, सोही ठाउँका जिपचालक नन्द छन्त्याल, कौसभा पाइजा, ठगकुमारी शेरपुर्जा, सिर्जना शेरपुर्जा, दीवा शेरपुर्जा, इच्छा शेरपुर्जा, दिक्षा शेरपुर्जा र बेनी नगरपालिका–८ बस्ने दलप्रसाद गौचन छन्।

उनीहरूको बेनीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

कात्तिक १४, २०७७ शुक्रबार १५:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।