काभ्रेका पत्रकार विष्णुप्रसाद चौलागाईंको निधन
काठमाडौं : काभ्रे कार्यथलो बनाएका पत्रकार कृष्णप्रसाद चौलागाईंको निधन भएको छ।
काभ्रेबाट प्रकाशित हुँदै आएको ‘काभ्रे पोष्ट’का संस्थापक तथा प्रधानसम्पादक चौलागाईंको काठमाडौंस्थित ओम अस्पतालमा उपचारका क्रममा हिजो राति निधन भएको हो।
उनको सुरुमा कोरोना रिपोर्ट पोजेटिभ आए पनि उपचारपछि रिपोर्ट नेगेटिभ देखिएको थियो।
निमोनियाका बिरामीसमेत रहेका चौलागाईंको कलेजो र फोक्सोमा समस्या भएपछि निधन भएको चिकित्सकले बताएका छन्।
उनको शुक्रबार काठमाडौंको पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी भइरहेको परिवारजनले जनाएका छन्।
उनका श्रीमती, एक छोरा र एक छोरी छन्।
चौलागाईं झण्डै तीन दशकदेखि पत्रकारितामा क्रियाशिल थिए। नेपाल प्रेस युनियन, काभ्रेका पूर्वअध्यक्ष समेत रहेका चौलागाईं हाल पत्रकार महासंघको जिल्ला कार्यमितिको सदस्य थिए।
उनको निधनप्रति नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियन लगायतले दुःख व्यक्त गरेका छन्।
कात्तिक १४, २०७७ शुक्रबार १०:०२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।