कैलालीमा युवकको हत्या, तीन पक्राउ
काठमाडौं : कैलालीको जानकी गाउँपालिका–५ मा कुटपिट गरि युवकको हत्या भएको छ।
बिहीबार राति युवाहरूको आक्रमणमा परि लम्कीचुहा नगरपालिका–३ का २२ वर्षीय भरत तिमल्सिनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय, टीकापुरका प्रमुख एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) मधुसुदन न्यौपानेका अनुसार हिजो राति साढे १० बजे जानकी–५ मा युवा समूहको आक्रमणमा परि गम्भीर घाइते तिमल्सिनालाई उपचारका लागि नेपालगञ्ज लगिएको थियो। उनलाई अस्पताल पुर्याउनेबित्तिकै चिकित्सकले मृत घोषणा गरेको डिएसपी न्यौपानेले बताए।
तिमल्सिनाको हत्या गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। डिएसपी न्यौपानेले अनुसन्धानका लागि स्थानीय मानबहादुर चौधरी, केशव टमटा र समर चौधरीलाई पक्राउ गरिएको जानकारी दिए।
घटना भएको ठाउँ जानकी गाउँपालिका र लम्कीचुहा नगरपालिकाको सीमानामा पर्छ।
कात्तिक १४, २०७७ शुक्रबार ०९:५२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।