कोरोना संक्रमितको शव गाडेपछि कब्रिस्थानमा तालाबन्दी

कोरोना संक्रमितको शव गाडेपछि कब्रिस्थानमा तालाबन्दी

काठमाडौं : कोरोना भाइरस (कोभिड-१९) संक्रमित महिलाको शव गाडेको भन्दै स्थानीयले कैलालीको धनगढी उपमहानगरपालिका-१ स्थित कब्रिस्थान (मुस्लिम धर्मावलम्बीको मृत्युपछि शव व्यवस्थापन गरिने ठाउँ)मा तालाबन्दी गरेका छन्। 

स्थानीयले बस्तीसँगै रहेको कब्रिस्थानमा तालाबन्दी गरेका हुन्। 

कोरोना संक्रमणबाट मृत्यु भएकी धनगढी उपमहानगरपालिका-२ की ५७ वर्षीया महिलाको शव बिहीबार कब्रिस्थानमा गाडेको वडा नम्बर १ का वडाअध्यक्ष तथा उपमहानगरपालिकाका प्रवक्ता सन्तोष मुडभरीले जानकारी दिए। 

स्थानीय प्रशासन र मृतकका परिवारजनले कोरोना संक्रमित महिलाको शव कब्रिस्थानमा गाडेका थिए। 

कैलालीका प्रमुख जिल्ला यज्ञराज बोहराले स्थान अभाव र मृतकका परिवारको इच्छा अनुसार कब्रिस्थानमा शव गाडिएको बताए। कोरोना संक्रमितको शव व्यवस्थापन गर्न जाँदा विरोध हुने गरेको उनको भनाइ छ। 

संक्रमित महिलाको सेती प्रदेशिक अस्पतालमा मृत्यु भएको थियो।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार संक्रमित महिलामा कडा खालको निमोनियाको संक्रमण थियो

कात्तिक १३, २०७७ बिहीबार १४:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।