विप्लव समूहका ‘कम्पनी कमिसार’सहित दुई पक्राउ

विप्लव समूहका ‘कम्पनी कमिसार’सहित दुई पक्राउ

काठमाडौं : प्रतिवन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका दुई जनालाई विस्फोटक पदार्थसहित मोरङ प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सप्तरी, सुरुंगा-२ का ३२ वर्षीय कासिनाथ घिमिरे र इलाम, चुलाचुली-६ का विज्ञान राई छन्। मोरङ प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) सन्तोष खड्काका अनुसार घिमिरे पूर्वी कमान्डअन्तर्गतको ‘कम्पनी कमिसार’ हुन्।

उनीहरुलाई मोरङ मिक्लाजुङ गाउँपालिका-१ घुर्मिसेस्थित बिजुलीप्रसाद तिमिल्सेनाको खाली घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

कात्तिक १३, २०७७ बिहीबार १३:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।