बाँकेमा ३० लाख रूपैयाँसहित १० जुवाडे पक्राउ

बाँकेमा ३० लाख रूपैयाँसहित १० जुवाडे पक्राउ

काठमाडौं : बाँकेमा करिब ३० लाख रूपैयाँसहित १० जना जुवाडे पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय, बाँकेका अनुसार नेपालगन्ज उपमहानगरपालिका-४, बसपार्क क्षेत्रबाट उनीहरुलाई पक्राउ गरिएको हो। 


पक्राउ परेकाहरुको नाम भने खुलाइएको छैन। तर, उनीहरु नेपालगन्ज क्षेत्रका ‘हाइप्रोफाइल’ व्यक्ति रहेको बुझिएको छ।  

जुवाखालबाट बरामद गरिएको रकम अहिलेसम्मकै सबैभन्दा बढी रहेको बताइएको छ। 

कात्तिक १३, २०७७ बिहीबार ११:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।