बझाङमा वडाअध्यक्षसहित १० जुवाडे पक्राउ

बझाङमा वडाअध्यक्षसहित १० जुवाडे पक्राउ

जिल्ला प्रहरी कार्यालय, बझाङका अनुसार जयपृथ्वी नगरपालिका ४ का वडाअध्यक्ष गगन खातीसहित १० जनालाई ७० हजार रुपैयाँसहित नियन्त्रणमा लिइएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब उपरीक्षक रुपक खड्काले ७० हजार ७ सय ३० रुपैयाँसहित नियन्त्रणमा लिएको जानकारी दिए।

पक्राउ पर्नेमा दीपकबहादुर वड, शेरबहादुर खाती, लोकेन्द्र खाती, विक्रम खाती, कुम्भराज उपाध्याय, नरेन्द्रराज उपाध्याय, रतनलाल रताला, उमेशराज जोशी, सन्तोष जोशीलगायत छन्।

उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कात्तिक १२, २०७७ बुधबार ०९:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।