सप्तरीमा कारको ठक्करबाट वृद्धको मृत्यु

सप्तरीमा कारको ठक्करबाट वृद्धको मृत्यु

पूर्व-पश्चिम राजमार्गअन्तर्गत कंचनरुप नगरपालिका-२ बरमझिया स्थानीय ७५ वर्षीय तिलक सुरेतको मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय, कंचनपुरका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहका अनुसार पूर्वबाट पश्चिम जाँदै गरेको बा१८च ७७३४ नम्बरको कारले बाटो काटने क्रममा सुरेतलाई ठक्कर दिएको थियो।

ठक्कर दिएर भाग्न खाजेको कारलाई प्रहरी चौकी मोहलीले नियन्त्रणमा लिएको सिंहले जानकारी दिए।

कात्तिक १२, २०७७ बुधबार ०९:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।