पाटेबाघको आक्रमणबाट दुई युवकको मृत्यु

पाटेबाघको आक्रमणबाट दुई युवकको मृत्यु
सांकेतिक तस्बिर।

पाटेबाघको आक्रमणबाट स्थानीय २९ वर्षीय उमेश चौधरी र २६ वर्षीय दिनेश चौधरीको मृत्यु भएको डिभिजन वन कार्यालय, बर्दियाका प्रमुख महेन्द्र बाग्लेले जानकारी दिए।

बिहानैदेखि हराएका उमेशलाई खोज्न साथीसँग सामुदायिक वनमा गएका दिनेशलाई बाघले आक्रमण गरेको थियो। सँगै गएका साथीहरु उनलाई बाघले आक्रमण गरेपछि गाउँमा आएर होहल्ला गरी सुरक्षाकर्मी सहितको टोली वनमा पुगेका थिए।

खाता जैविक मार्गमा साताअघि घाँस काट्न गएकी स्थानीय २९ वर्षीया गंगा खत्रीको पनि बाघको आक्रमणबाट मृत्यु भएको थियो। 

दुई युवाको ज्यान गएको क्षेत्र भारतको कर्तनियाघाट वन विहार तथा बर्दिया राष्ट्रिय निकुञ्ज जोड्ने जैविक मार्ग हो।

कात्तिक ११, २०७७ मंगलबार २१:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।