नेकपाले पनि चियापान नगर्ने
कोरोना भाइरस (कोभिड-१९) संक्रमणको महामारीका कारण यस वर्ष शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम स्थगित गरिएको नेकपाले जनाएको छ। नेकपा पार्टी कार्यालयका सचिवद्वय ईश्वरी रिजाल र श्रीराम ढकालले विज्ञप्ति निकालेर उक्त कुराको जानकारी गराएका छन्।
नेकपाले बडादसैं, तिहार, नेपाल सम्वत् ११४१, छठ लगायतका समस्त नेपालीहरूको चाडपर्वहरूका अवसरमा देश विदेशमा रहेका नेपालीहरूलाई शुभकामना दिएको छ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यसअघि नै शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम स्थगित गरेको थियो।
कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन शुभकामना तथा चियापान कार्यक्रम आयोजना गर्दै आएको छ।
कात्तिक ११, २०७७ मंगलबार १५:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।