गुल्मीमा वडाअध्यक्षसहित १२ जना जुवाडे पक्राउ
गुल्मीको रेसुंगा नगरपालिका-७ का वडाअध्यक्ष मोहन पाण्डेसहित १२ जना जुवाडे पक्राउ परेको प्रहरीले जनाएको छ।
रेसुंगा नगरपालिका-८, तम्घासस्थित एभरग्रिन होटलबाट सोमबार राति उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, गुल्मीले जनाएको छ। प्रहरीका अनुसार जुवा खालबाट ६९ हजार एक सय नगदसमेत बरामद गरिएको छ।
जुवा खेलिरहेको सुराकीको आधारमा होटलमा छापा मारेको प्रहीले जनाएको छ।
कात्तिक ११, २०७७ मंगलबार ११:०९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।