कलाकार मनोज गजुरेललाई कोरोना संक्रमण

कलाकार मनोज गजुरेललाई कोरोना संक्रमण

काठमाडौं : कलाकार मनोज गजुरेललाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ।

उनले सोमबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई कोरोना संक्रमण देखिएको जानकारी गराएका छन्।

बिहीबारदेखि टाउको दुख्ने, ज्वरो आउने तथा ढाड दुख्ने समस्या देखिएपछि आइतबार पीसीआर परीक्षणका लागि स्वाब दिएको र सोमबार साँझ रिपोर्ट पोजेटिभ देखिएको उनको फेसबुक स्टाटसमा उल्लेख छ। 
 

कात्तिक ११, २०७७ मंगलबार ०८:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।