बुढीगंगा नदीमा डुबेर किशोरीको मृत्यु

बुढीगंगा नदीमा डुबेर किशोरीको मृत्यु

अछाम : अछाममा नुहाउने क्रममा एक  किशाेरीकाे बुढीगंगा नदीमा डुबेर मृत्यु भएको छ।

जिल्लाको साँफेबगर नगरपालिका-१ कालिमाटीका १८ वर्षीया हेमन्त बयककाे बुढीगंगा नदीमा नुहाउने क्रममा सोमबार मृत्यु भएको अछामका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) याेगेन्द्रसिंह थापाले जानकारी दिए।

बिहान दसैंकाे टीका लगाउनु अघि नुहाउन गएकी उनी नदीकाे भंगालाेमा परी बेपत्ता भएकी थिइन्।

उनको शव मंगलसेन नगरपालिका र चाैरपाटी गाउँपालिकाकाे सीमा क्षेत्र चित्रे नजिकै भेटिएको प्रहरीले जनाएको छ।

उनी सूर्यचन्द्र मावि कालिमाटीमा कक्षा ११ मा अध्ययनरत रहेको बुझिएको छ।

कात्तिक १०, २०७७ सोमबार २०:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।