स्वास्थ्य मापदण्ड पूरा गरेर मात्र चाडपर्व मनाउन प्रचण्डको आग्रह

स्वास्थ्य मापदण्ड पूरा गरेर मात्र चाडपर्व मनाउन प्रचण्डको आग्रह

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गर्दै चाडपर्व मनाउन आग्रह गरेका छन्।

दसैं, तिहार, छठ, नेपाल संवतलगायत चाडपर्वका अवसरमा शुभकामना दिँदै उनले कोरोना भाइरस (कोभिड–१९) संक्रमणको विषम परिस्थितिमा सुरक्षित भएर पर्व मनाउन आग्रह गरेका हुन्।

कोरोना भाइरसका कारण प्रभावित जनजीवन आगामी दिनमा सामान्य बन्न सकोस् भन्ने कामना गर्दै अध्यक्ष प्रचण्डले स्वदेश तथा विदेशमा हुने सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरे।

नेपाली समुदायले मनाउने विभिन्न सांस्कृतिक चाडपर्वले आपसी सहिष्णुता, भ्रातृत्व र भावनात्मक एकता पैदा गर्ने उल्लेख गर्दै उनले यिनै चाडपर्वले नेपाली समुदायमा राष्ट्रिय भावना जागृत गर्न विशिष्ट योगदान पुर्याएको बताए।

कात्तिक १०, २०७७ सोमबार ०९:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।