कैलालीमा दुई किशोरीमाथि सामूहिक बलात्कार
धनगढी : कैलालीमा शनिबार राति दुई किशोरीमाथि सामूहिक बलात्कार भएको छ। जानकी गाउँपालिका-५ मा १३ र १४ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय, टीकापुरका प्रमुख एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) मधुसूदन न्यौपानेले शनिबार राति दुवै किशोरीमाथि सामूहिक बलात्कार भएको बताए।
सामूहिक बलात्कार गरेको आरोपमा ८ जनालाई पक्राउ गरिएको उनले जानकारी दिए। घटनामा संलग्न केही फरार रहेको र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा जानकी ५ का १७ वर्षीय कृष्ण नगरकोटी, १९ वर्षीय धिरेन्द्र विष्ट, नरेश चौधरी, १८ वर्षीय रमेश शाही, सत्यम रावल, २० वर्षीय रामबहादुर चौधरी, २२ वर्षीय मनोज चौधरी र २१ वर्षीय महेश चौधरी छन्।
उनीहरूविरूद्ध जाहेरी दर्ता भएको र अदालतबाट म्याद थप गराई अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। बाटोमा हिँड्ने क्रममा करणी भएको जनाइएको छ।
घटनामा संलग्न केही फरार रहेको र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।
कात्तिक १०, २०७७ सोमबार ०९:१२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।