चाडपर्वमा फजूल खर्च नगर्न प्रधानमन्त्रीको आह्वान

चाडपर्वमा फजूल खर्च नगर्न प्रधानमन्त्रीको आह्वान

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बडादसैंको अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना दिँदै फजूल खर्च नगर्न आह्वान गरेका छन्। 

फजुल खर्च गर्ने अभ्यासलाई सच्याएर चाडपर्वलाई मितव्ययी बनाउन भन्दै ओलीले औचित्य र आवश्यकताको वास्तै नगरी आफ्नो सामर्थ्यको समेत ख्याल नगरी आँखा चिम्लिएर उत्सव मनाउने वा फजूल खर्चमा हौसिने जस्ता अभ्यास कुनै पनि कोणबाट उचित नहुने बताएका छन्। 

आफ्ना मान्यजनसँग टीका, जमरा ग्रहण गर्ने क्रममा अनावश्यक नजिकिँदा हुन सक्ने सम्भावित संक्रमणको खतरा ख्याल गर्न उनले सुझाव दिएका छन्।

ज्येष्ठ नागरिक, बालबालिका र कमजोर स्वास्थ्य अवस्थाका व्यक्तिमा संक्रमणको सम्भावना ज्यादा हुने भएकाले यसप्रति विशेष सजग भएर नै दसैं मनाउन उनले सबैमा आग्रह गरेका छन्।

यस्तै संक्रमणको जोखिमलाई ध्यानमा राखी प्रधानमन्त्री निवासमा हुने सार्वजनिक टीका कार्यक्रम नराख्न निर्देशन दिइएको पनि उनले जानकारी दिएका छन्।

कात्तिक १०, २०७७ सोमबार ०८:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।