प्रचण्डद्वारा चौरसियाका हत्यारालाई कारवाही गर्न माग
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पर्सामा आफ्नै पार्टीका कार्यकर्ताबाट हत्या गरिएका मुकेश चौरसियाको हत्यामा संलग्नलाई कारवाही गर्न माग गरेका छन्।
विन्दावासीनी गाउँपालिकाका नेकपा सचिव एवं नेकपा जिल्ला सदस्य चौरसियाको आफ्नै पार्टीका कार्यकर्ताबीचको झडपमा ज्यान गएको थियो।
आइतबार विज्ञप्ति प्रकाशित गर्दै प्रचण्डले विज्ञप्ति जारी हत्यामा दोषी जोसुकै भए पनि कानुनको दायरामा ल्याउन सरकारसमक्ष माग गरेका हुन्। हत्या जस्तो जघन्य अपराधको मुद्दा दर्ता गर्न आनाकानी गर्नु दुःखद् भएको प्रचण्डले बताएका छन्।
नेकपाको दुई समूहबीच असोज ६ गते बिहीबार झडप हुँदा घाइते भएका चौरसियाको उपचारका क्रममा निधन भएको थियो। 
कात्तिक ९, २०७७ आइतबार १९:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।