कैलालीमा नदीमा डुबेर दुई बालिकाको मृत्यु
सांकेतिक तस्बिर।
काठमाडौं : कैलालीमा आज (आइतबार) नदीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रतीक विष्टका अनुसार घोडाघोडी नगरपालिका-५, सरैयास्थित कान्द्रा नदीमा डुबेर स्थानीय ९ वर्षीया अस्मिता ढुंगेल र ८ वर्षीया अर्चना विष्टको मृत्यु भएको हो।
गोरु चराउन गएका उनीहरु नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको उनले जानकारी दिए।
कात्तिक ९, २०७७ आइतबार १८:१९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।