थप २८५६ जनामा कोरोना पुष्टि
काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा दुई हजार ८५६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये एक हजार ७८९ जना पुरुष र एक हजार ६७ जना महिला छन्। योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या एक लाख ५८ हजार ८९ पुगेको छ।
उक्त अवधिमा तीन हजार ३३६ जना कोरोना संक्रमित निको भएका छन्। यससँगै कोरोनामुक्त हुनेको संख्या एक लाख ११ हजार ६७० पुगेको छ।
कात्तिक ९, २०७७ आइतबार १७:५६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।